Incident Reports

बालविवाहका आरोपित धरौटीमा रिहा l

2014-06-24

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७१ असार ११ गते माक्पा गाविस-४ घर भई माक्पा मावि कक्षा- १० मा अध्ययनरत १४ वर्षीय कोपिला राईलाई जबरजस्ती बालविवाह गरेको आरोपमा मुद्दा चलाइएका जालपा गाविस-६ का २१ वर्षीय भलकाजी राईलाई जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ । आरोपितविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दिक्तेलमा जेठ १७ गते दिएका थिए । सोही दिन चिउरीडाँडा गाविसबाट गिरफ्तार आरोपितलाई जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको असार १० गतेको एकल इजलासले पछि ठहर भए ऐनअनुसार सजाय हुने गरी धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताए । जालपा गाविसमा अदुवा खरिद गर्न आएको समय आरोपितले विभिन्न नाटक रचेर बालिकालाई जेठ ११ गते राति स्थानीय आरोपितसँग जबरजस्ती सिन्दुर लगाइ घर भित्र्याएका थिए । बालिकाले अस्वीकार गर्दागर्दै आरोपितको दाजु ३५ वर्षीय जापान राई स्थानीय २४ वर्षीय मदन राईले घर भित्र्याउन सहयोग गरेका थिए । उनिहरू भने हालसम्म फरार छन् । आरोपितविरुद्ध जिल्ला अदालतमा जेठ १९ गते बालविवाह महलअन्तर्गत मुद्दा दर्ता भएको थियो । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis