Incident Reports

खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

2021-03-16

Province 1, Udayapur, Triyuga, Ward 10

त्रियुगा नगरपालिका–१० की २५ वर्षीया मुना विश्वकर्मालाई खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २३ वर्षीय देवर मनोज भनिने होमबहादुर विश्वकर्मालाई चैत ३ गते गिरफ्तार गरेको छ ।

खाना खाने विषयमा भएको विवादमा आरोपितले चैत ३ गते राति पीडितलाई घाँटीमा खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटना लगत्तै फरार भएका आरोपितलाई त्रियुगा नगरपालिका–३ गैरुनबाट गिरफ्तार गरेको डिएसपी गौतमले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते ज्यान मार्ने उद्योग शीर्षकमा उजुरी दिएको छ ।

पीडितको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चैत ३ गते थप उपचारका लागि विराटनगर पठाइएको डिएसपी गौतमले बताउनु भएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments