Incident Reports

टोखामा आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ

2021-03-13

Bagmati, Kathmandu, Tokha, Ward 1

काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो ।

मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका महमद कासिम मन्सुरी र अर्का एकजना छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यान्ह पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने– ‘हत्याबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।’

आशिष ड्रग एडिक्ट थिए । शनिवार कासिम मन्सुरीको वर्कशपमा उनि गाँजा खान गएका थिए । गाँजा खाँदा सामान्य भनाभन हुँदा भुपेन्द्र कुमारलाई उनले झापड हाने । सो विवाद हत्यामा गएर अन्त्य भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments

Related Reports