Incident Reports

बलात्कार प्रयासको आरोपमा पाइलट पक्राउ

2021-03-09

Bagmati, Kathmandu, Kathmandu, Ward 32

बलात्कार प्रयासको आरोपमा एक पाइलट पक्राउ गरेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीमा रहेको महिला सेलले पाइलट सञ्जयकुमार साहलाई पक्राउ गरेको हो।  

पाइलट साहले गत फागुन २५ गते ३७ वर्षीया एक महिलालाई आफ्नो कोठामा बोलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको कालिमाटी प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

ती महिलासँग पाइलटको लेनदेन भएको र लेनदेनकै लागि कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप महिलाको छ। पाइलटले पटक-पटक गरेर आफूसँग ८ लाख लिएको तर नतिरेको आरोपसमेत महिलाले लगाएकी छिन्। 

लेनदेनको विषयमा विवाद भएपछि आफूलाई फसाउन महिलाले प्रहरीमा उजुरी दिएको दाबी पाइलट साहको छ।

पाइलट साहले यसअघि मकालु एयरको जहाज चलाउने गरेका थिए। तर पछिल्लो समय समिट एयरको जहाज चलाउन थालेका छन्। काठमाडौं आई साहले समिट एयरको जहाज उडाउन थालेपछि सापटी रकम लिन आफू काठमाडौं आएको र सोही बेला साहले बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ। 

कोटेश्वरस्थित आफ्नो कोठामा बोलाएर साहले आफ्नो अर्धनग्न भिडियोसमेत बनाएको महिलाले आरोप लगाएकी छन्। जबरजस्ती गर्ने क्रममा आफ्नो सुनको सिक्री र फुलीसमेत साहको कोठामा खसेको ती महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments