Incident Reports

दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले शिक्षकलाई कालोमोसो दले, विद्यालय बन्द

2021-03-17

Bagmati, Chitawan, Bharatpur

५ चैत, चितवन ।

चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।

विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् ।

यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

त्यस्तै विभिन्न शिक्षक संगठनहरुले पनि अमानवीय भएको भन्दै विरोध गरिरहेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments