Incident Reports

कुटपिट गरेको आरोपमा पति गिरफ्तार l

2014-06-26

Madhes, Saptari, Hanumannagar Kankalini

बर्साइन गाविस-३ की २९ वर्षीया कोमलदेवी राउतलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति नारायणप्रसाद राउतलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर गराएको इलाका प्रहरी कार्यालय हनुमाननगरका सई बदन प्रधानले बताए । पीडितले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । हनुमाननगर बजारबाट किनमेल गरी फर्किरहेको बेला पत्नी कोमलदेवीलाई असार ५ गते इनरुवा गाविसस्थित चन्द्र नहरनजिक आरोपितले बाँसको भाटाले जथाभावी कुटेर घाइते बनाएका थिए । जिल्ला अदालतले आरोपितको अंशको चार भागमध्ये तीन भाग पीडित र दुई छोरा-छोरीलाई उपलब्ध गराउने फैसला गरेको आक्रोशमा आरोपितले कुटपिट गरेको पीडितका बुबा दयाराम राउतले बताए । पतिले घरमा बस्न नदिएपछि उनी जेठ ७ गतेदेखि १० वर्षीया छोरी र आठ वर्षीय छोरासहित बथनाहा गाविस-६ स्थित माइतमा बस्दै आएकी छन् । कुटाइबाट पीडितको शरीरको विभिन्न भागमा नीलडाम लागेको महिला सेलका सई शंकर खतिवडाले बताए । सई खतिवडाका अनुसार पीडितले दिएको उजुरी असार ८ गते जिल्ला प्रहरी कार्यालय अर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले दर्ता गरी सोही दिन राजविराजस्थित अञ्चल अस्पतालबाट घाउजाँच भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis