Incident Reports

मानव बेचबिखन गर्न खोजेको अभियोगमा पक्राउ

2021-03-23

Lumbini, Bardiya, Madhuwan, Ward 8

बर्दिया, २०७७ चैत १० गते   

२८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

0 Comments