Incident Reports

दरबन्दी कटौती गरेको भन्दै शिक्षा कार्यालयमा तोडफोड, दुई जना विद्यार्थी घाइते

2021-03-22

Madhes, Sarlahi, Malangawa, Ward 2

मलङ्गवा नपा–२ स्थित शिक्षा समन्वय इकाईको कार्यालयमा गोडैता नपा–८ मा स्थित बेनी भोला नमूना माविका विद्यार्थीहरूले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

शिक्षकको दरबन्दी कटौती गरेको भन्दै चैत ९ गते शिक्षा कार्यालयमा घेराउ गर्न पुगेका विद्यार्थीहरूले शिक्षा कार्यालयमा तोडफोड गरेका हुन् ।

आन्लोलित विद्यार्थीहरूले कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास प्रहार गर्दा कक्षा सातमा अध्यनरत १३ वर्षीय रामकुमार महतो र १२ वर्षीय सुवोधकुमार राय घाइते भएका शिक्षक रामनरेश रायले बताउनु भयो ।

घाइते विद्यार्थीहरूलाई जिल्ला अस्पताल मलङ्गवामा उपचार गराएर घर पठाइएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा विद्यार्थीहरू गाडैता नपा–८ का ११ वर्षीय रामकिशोर साह, १२ वर्षीय रघुविर महतो, ११ वर्षीय राजकुमार राय, १४ वर्षीय राकेश राय यादव, १३ वर्षीय विरेन्द्रकुमार राय र ३६ वर्षीय शिक्षक रामविश्वास राय यादवलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले जानकारी दिनु भयो ।

विद्यालयमा कायम रहेको दरबन्दी शिक्षा समन्वय इकाईका प्रमुख र नगर प्रमुखले कटौती गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले गोडैता नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेको कक्षा आठमा अध्ययनरत विद्यार्थी १५ वर्षीय सञ्जिवकुमार रायले बताउनु भयो ।

सो विद्यालयका शिक्षक आन्दोलनकारीलेकार्यालयका झ्याल, ढोका, कुर्सी र टेबुललगायतका सामानहरू तोडफोड गरी लाखौँको क्षति पुर्‍याएको शिक्षा शाखाका कर्मचारी अनिल साहले बताउनु भयो ।

वुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Severely damaged Buildings n/a
INSEC

0 Comments

Related Reports