Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-03-21

Lumbini, Dang, Tulsipur

१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–१८ का ३४ वर्षीय विष्णु चौधरी विरूद्ध इन्सेक लगायत सङ्घ संस्थाको संरक्षकत्वमा पीडितपक्षले जिल्ला प्रहरी कार्यालय, घोराहीमा चैत ११ गते उजुरी दर्ता गराएका छन् ।

घर जुम्ला तर अभिभावक नभएको बताउने पीडितलाई  आरोपितले सङरक्षकत्वका लागि ०७५ जेठ १ गते जिम्मा लिएर तुलसीपुर–१८ मा आफैले सञ्चालन गरेको असहाय बाल विकास केन्द्रमा राखेका थिए ।घटना पछि बालिका चैत ८ गते उक्त केन्द्रबाट भागेर बाहिरिए पछि  अधिकारकर्मीहरूको पहलमा चैत ९ गतेदेखि घोराही उपमनपाको सुरक्षा आवासमा राखिएको थियो ।

आरोपित असहाय बाल विकास केन्द्रका सञ्चालक चौधरी फरार रहेकोले खोजी भइरहेको तथा बालविकास केन्द्रमा रहने अन्य असहाय १५ बालबालिकाका विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका  एसपी गणेश चन्दले बताउनु भयो

पीडितको स्वास्थ्य परीक्षण चैत ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments