Incident Reports

काठमाडौंमा होटेलमा टोले गुण्डाहरूद्वारा आक्रमण

2021-03-25

Bagmati, Kathmandu, Chandragiri, Ward 15

 काठमाडौंमा आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दीवाकर महर्जन रहेका छन् ।

उनीहरूले झापा दमक नगरपालिका–४ का ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरेका थिए । पदम काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्दै आएका छन् ।

होटलमा खाजा खाँदै गर्दा साथी–साथीबीच झगडा भएको थियो । झगडा भएपछि प्रभुकृष्ण र दीवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports