Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-22

Province 1, Sunsari, Itahari

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-४ का ४४ वर्षीय प्रेमबहादुर निरौलालाई चैत १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन २१ गते देखि चैत ९ गतेसम्म बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १० गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा चैत १० गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments