Incident Reports

आफ्नै बुवाबाट बलात्कृत किशोरीले जन्माइन् छोरी, बाबु प्रहरी हिरासतमा

2021-02-01

Lumbini, Gulmi, Resunga, Ward 8

आफ्नै बुवाबाट बलात्कृत भएकी गुल्मीकी एक १४ वर्षीया किशोरीले बच्चा जन्माएकी छन्।गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर- ८ की किशोरीले आइतबार तम्घास अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। कक्षा ६ मा अध्ययनरत् किशोरी नियमित विद्यालय गइरहन्थिन्।गत चैत १० गते पनि विद्यालय गएकी उनको खुट्टा सुन्निएको देखेपछि शिक्षकहरूले सोधिखोजी गरेका थिए।

किशोरीले केही नभनेपछि उनकै साथीका अभिभावकलाई बोलाएर अस्पताल लगेपछि स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको पत्ता लागेको थियो।चैत १० गते गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा ३० हप्ता १ दिनको गर्भवती भएको पुष्टि भएको थियो।सोधपुछ गर्दा किशोरीले विगत एक वर्षदेखि आफ्नै बाबुले जबरजस्ती करणी गर्दै आएको र उनकै गर्भ रहेको बताएकी थिइन्।

उनी गर्भवती भएको पुष्टि भएपछि चैत १३ गतेमात्रै विद्यालयका शिक्षक, किशोरीकी आमा र स्थानीयले वडा नं. ८ का वडाध्यक्ष भरत भलामीलाई जानकारी गराएका थिए।किशोरीको आमा र दिदीहरूले पनि अस्पतालमा परीक्षण गरेपछि मात्र उनी गर्भवती भएको थाहा पाएको बताएका छन्।

भलामीका अनुसार किशोरीको परिवार १५ वर्ष पहिले बाग्लुङको निसिखोला-६ बाट बसाइँ सरेर रेसुङ्गा नगरपालिका-८ मा आएको थियो।आर्थिक अवस्था कमजोर भएका उनको परिवारमा बुवासँगै आमा र दिदीहरू छन्। आमा अर्कैको मेलापातमा मजदुरी गर्छिन् भने बुवाले धामी-झाँक्री तथा झारफुकको काम गर्छन्।किशोरीले आमा र दिदीहरू नभएको मौका पारी विभिन्न डर र धम्की देखाएर आफूमाथि बुवाले एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको प्रहरीसँग बताएकी छन्।

‘म लामा हो, म सँग भएको शक्ति र मन्त्रले मानिसलाई बाघ पनि बनाउन सक्छु। तँलाई मार्न पनि सक्छु भन्दै त्रसित बनाएर एक वर्षदेखि बलात्कार गर्नुभयो,’ किशोरी र उनका आमा तथा दिदीलाई उद्धृत गर्दै वडाअध्यक्ष भलामीले सेतोपाटीसँग भने।

उनले एउटा आँखाले कम देख्ने र अर्कोले नदेख्ने भएकोले अपाङ्गताको कारण आफूलाई पक्राउ गरे पनि धेरै सजाय भोग्न नपर्ने भन्दै डर धम्की दिने गरेको किशोरी र उनकी आमाले प्रहरीमा बताएका छन्।

अहिले सुत्केरी अवस्थाकी किशोरी र उनले जन्मदिएको बच्चा अस्पतालमा छन्।किशोरीकी आमाले श्रीमानविरूद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि आरोपित उनका बुवालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले पीडित किशोरीकी आमाको उजुरीपछि आरोपित अन्दाजी ५० वर्षीय ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरी प्रवक्ता पाण्डेका अनुसार पीडितको बयानका आधारमा धेरै कुरा पुष्टि भएको र थप अनुसन्धानका लागि डिएनए परीक्षण गर्न रगत संकलन गरी पठाइएको छ।

किशोरीको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले बच्चा र सुत्केरी अवस्थाकी किशोरीको खानपान र स्याहारसुसारको लागि सहयोग संकलन गर्ने प्रयास भइरहेको वडाध्यक्ष भलामीले बताए।

‘बाबुको अपराधको कारण १४ वर्षकी किशोरी सुत्केरी भएकी छन्, किशोरी र नवजात शिशुलाई कसरी संरक्षण गर्ने भन्नेबारे हामी छलफल गरिरहेका छौं,’ वडाध्यक्ष भलामीले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
National/Online Media

0 Comments