2021-03-27
परीक्षामा अनुत्तीर्ण भएको भन्दै गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीस्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल र होस्टल इन्चार्जले विद्यार्थी कुटेका छन् । कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।
कक्षा ९ मा पढ्ने १७ वर्षीय हीरा केसीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले रड, पाइपलगायतले कुटपिट गरेका उनका छिमेकका दाइ मिलन बुढाथोकीले दाबी गरे । कुटाइबाट केसीको अनुहार, घाँटीमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विद्यालय प्रशासनले शुक्रबार बिहान १० बजे परीक्षाको नतिजा प्रकाशन गर्यो । अनुत्तीर्ण विद्यार्थीलाई तामाङ र योञ्जनले पाइपले पिट्न थालेपछि हीराले नपिट्न आग्रह गरेका थिए । ‘सर बच्चालाई किन पिट्नु भएको, यसरी नपिट्नुस् भन्दाखेरि उसैमाथि कुटेछन्, रडले पिटेको डाम शरीरभरि छ,’ मिलनले कान्तिपुरसँग भने । हीरालाई कुटपिट गर्नेमाथि कारबाही गरी उपचार खर्चसमेत दिलाइपाऊँ भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उनले जाहेरी दिएका छन् ।
प्रिन्सिपल तामाङले भने होस्टल इन्चार्जले कुटपिट गरेको भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् । ‘मैले होइन, होस्टल इन्चार्जले कुटेको हो, फेल भएको भनेर इन्चार्जलाई कुट्न ८/१० जना विद्यार्थी आएछन्, प्रतिकार गरेका हुन्,’ उनले भने, ‘मैले छोएकै छैन, सबै विद्यार्थी, प्रत्यक्षदर्शी र स्वयं कुटाइ खाने विद्यार्थीलाई सोध्नुस्, उसैले होइन भन्छ ।’
बौद्ध प्रहरी वृत्तका डीएसपी नवीन कार्कीले घाइते विद्यार्थीसँग सोधखोज गरी अनुसन्धान अघि बढाउने बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Weapons | Blunt weapon |
Primary Cause | Violence in school/university (violence by teachers, hazing, etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 8 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD