Incident Reports

रौतहटका पत्रकार आन्दोलित

2021-03-27

१४ चैत, रौतहट ।

क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै रौतहटका पत्रकारहरु आन्दोलित बनेका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ ।

महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए । तर १९ जनाको नाम हटाएर विवरण सार्वजनिक गरिएपछि पत्रकारहरु आन्दोलित बनेका हुन् ।

उनीहरुले माग पूरा नभए महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी २५ चैतमा तोकिएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments