Incident Reports

गुल्मी : एक्लै सुतेकी भाउजुको कोठामा पसेर देवरले गरे बलात्कार

2021-03-27

Lumbini, Gulmi, Musikot

गुल्मी, चैत्र १६ । गुल्मीमा बाबु द्धारा छोरी बलात्कारको घटना सेलाउन नपाउँदै फेरी देवर द्धारा भाउजु बलात्कारको घटना बाहिर आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजुलाई चैत्र १४ गते राति साढे १० बजेको समयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेका अनुसार युवकले भाउजु सुत्ने कोठामा पसरे एक्लै सुतेकी भाउजुलाई बलात्कार गरेर भागेको उजुरी परेको छ ।

उहाँका अनुसार देवरलाई बलात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीबिरुद्ध सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments