Incident Reports

दुई पक्षबीच झडप हुँदा एक दर्जन युवा घाइते

2021-03-29

Madhes, Rautahat, Phatuwa Bijayapur, Ward 9

रौतहट ।

होली पर्वमा रौतहटको फतुवा विजयपुरमा गएराति दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक दर्जन युवा घाइते भएका प्रहरीले जनाएको छ । अधिक मदिरा सेवन पछि फतुवा विजयपुर ९ बडहर्वाका नगिना यादव र सुदामा यादव पक्ष बीच झडप भएको हो ।

झडपमा नगिना यादव ,सुदामा यादव सहित १ दर्जन युवा घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको एलएस न्युरो अस्पताल वीरगंजको र अन्यको बारा कोल्हवी स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । 

खानपिनका क्रममा भनाभन हुँदा झडपको स्थिति भएको उनको भनाइ छ ।  त्यसैगरी होलीपर्वमा सोमबार दिउँसो मदिरा सेवन गरी जिल्लाको विभिन्न स्थानमा चलाएको १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 12
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports