Incident Reports

तनहुँ जलविद्युत् आयोजना: मजदूर आन्दोलित

2021-02-27

 १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । 

मजदूरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करीब ४०० मजदूर आन्दोलनमा उत्रिएका छन् । आयोजनामा काम गर्दै आएका मजदूरले शनिबारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनोहाइड्रो मजदूर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए ।

दुवै पक्षबीच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ । वर्षमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने, सञ्चय कोषको व्यवस्था, जोखिम बहन अनुमति बहनलगायत माग राख्दै आएकामा सम्बोधन हुन नसकेको सरोकार समितिका सचिव कुशबहादुर थापाले जानकारी दिए । हाल निर्माण कार्य बन्द गरी आन्दोलनमा रहे पनि वार्ताको माध्यमबाट विवाद टुङ्ग्याउने गरी टोली गठन गरेर छलफल भइरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ । जिल्लाको साविकको झण्डै १८ गाउँ विकास समिति प्रभावित हुने सो आयोजनाले जनाएको छ । जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काहुँ शिवपुर र व्यास नगरपालिका रहेका छन् ।

त्यसैगरी बाँध, विद्युत् गृह, पानी निस्कासन सुरुङ र स्वीच वार्ड काँहु शिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ्ग वार्ड) काँहु शिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लोतटीय क्षेत्र काँहु शिवपुर, पोखरी भञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । आयोजनाको लम्बाइ १८ किलोमिटर रहने छ । पानीले भरिंदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis