Incident Reports

घाइते सहचालक नदीमा फालेको आरोपमा चालक पक्राउ

2021-03-18

Gandaki, Syangja, Galyang

१६ चैत, काठमाडौं ।

स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् ।

बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् ।

श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रुपन्देही वेलहिया नाकाबाट चैत १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए । परियारलाई चैत १६ गते अदालत उपस्थित गराई अनुसन्धानका लागि अनुमति लिएको उनले बताए ।

चैत ५ गते बालुवा लिएर फर्किँदा सहचालक गणेश गाहा खसेर घाइते भएपछि चालक अमित परियार र सहचालक सुनील रानाले घाइतेलाई नदीमा फालेर फरार भएको प्रहरीको भनाइ छ । फरार भएका सुनील चैत ८ गते पाल्पाबाट पक्राउ परिसकेका छन् ।

उनीहरुविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 11
National/Online Media

0 Comments

Related Reports