Incident Reports

गोंगबुमा युवालाई निर्घात कुट्ने ३ जना पक्राउ

2021-03-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं ।

काठमाडौंको गोंगबुमा सुनसरी घर भएका अमर लिम्बु कुटिएका छन् । होली खेल्दा पत्नीलाई जिस्काएपछि प्रतिकार गर्दा चार–पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले उनलाई निर्घात कुटेका हुन् ।

आइतबार मध्यान्ह सडकमा अमानवीय ढंगले कुटेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । सामाजिक सञ्जालबाट घटना सार्वजनिक भएपछि कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा तनहुँ घर भई वनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने २५ वर्षीय सोमबहादुर गुरुङ र धापासी बस्ने २५ वर्षीय दीपेन्द्र कुमार थापा छन् । कुटपिटमा संलग्नलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

अमरले मदिराको नशामा रहेका व्यक्तिहरुले आफुलाई कुटेको समाजिक सञ्जालमार्फत बताएका छन् । सामाजिक सञ्जालबाट बाहिरिएको भिडियोबाट अनुसन्धान गरेर प्रहरीले आरोपी पक्राउ गरेपनि पीडित चाहिँ प्रहरीको सम्पर्कमा आएका छैनन् ।   



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports