Incident Reports

मुक्त घोषणा गरेको एक वर्षहुँदा पनि १ सय २ जना अझै कमलरी l

2014-06-30

Sur Bahadur Pariyar कैलाली । ०७१ असार १३ गते नेपाल सरकारकाले कमलरी मुक्त घोषणा गर्ने निर्णय गरेको एक वर्षपुरा भए पनि यस जिल्लामा १ सस २ जना कमलरी अझै मुक्त हुन सकेका छैनन् । कमलरी मुक्तिका लागि सयुक्त सङ्घर्ष समिति र नेपाल सरकारको बीचमा ०७० असार १३ गते कमलरी मुक्ती गर्ने र न्यायोचित पुर्नास्थापना गर्ने सहमति भएको थियो । नेपाल सरकारले ०७० साउन ३ गते पश्चिम तराईमा रहेका कमलरी मुक्ती भएको घोषणा गरेको थियो । यस जिल्लामा ०७० माघ ९ गते देखी जिल्ला प्रशासन कार्यालय कैलालीले कमलरी बालिका नाम, ठेगाना र कमलरी राख्ने घरधनिको नाम समेत सार्वजनिक गर्नुका साथै घरधनिको नाममा कमलरी सहित प्रशासनमा उपस्थित हुन पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले माघ देखी हालसम्म १ सय २७ जना उद्धार गरेको भए पनि अझै १ सय २ जना मुक्त गर्ने बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत चिञ्जिवि घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, कैलालीले यस जिल्लाका २ सय २९ जना कमलरीको नाम र ठेगना र घरमालिकको नाम सहित माघ १३ गते सार्वजनिक सूचना र ०७१ वैशाख ९ गते घरमुलिका नाममा समेत पत्रचार गरेको छ । प्रशासनबाट पत्रचार हुँदा पनि १ सय २ घर मालिकले बेवास्था गरेकोले अब प्रशासनले छापा हानेर भए पनि कमलरी मुक्तिको तयारी भइरहेको प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis