Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-28

Sudurpashchim, Kailali, Dhangadhi

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली उप-महानगरपालिका -१ धनगडी शान्तीनगरका २७ वर्षीय केशव महरालाई ०७७ चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षको मौखिक उजुरीपछि मुसीकोट नगरपालिका -१ त्रीवेणी चौकको एक होटेलबाट आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कपील शाहिले बताउनुभयो ।

आरोपितले ललाई फकाई बलात्कार गरेको भन्दै पीडित बालिकाले ०७७ चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन । बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते जिल्ला अस्पताल सल्लेमा गरिएको अस्पतालका प्रमुख डाक्टर महेश चौलागाईँले जानकारी दिनुभयो ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments