2021-03-28
काठमाडौं ।
अपहरण गर्ने धम्की दिएर पर्साको वीरगञ्जका व्यापारीसँग रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ घर भएका २२ वर्षीय प्रज्वल तिवारी र अर्का १७ वर्षीय किशोर छन् । वीरगञ्जका एक ब्यापारीलाई फोन गरेर उनीहरुले १५ लाख नदिए ‘अपहरण गर्ने’ धम्की दिएको पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए ।
व्यापारीले दिएको सुराकका आधारमा चार दिनको अप्रेशनपछि उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरु बिरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।
आफ्नो परिचय लुकाएर १७ वर्षका किशोरलाई समेत परिचालन गरेर तिवारीले पूर्व परिचित व्यापारीसँग फोनमार्फत धम्की दिएका थिए । आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका किशोर प्लस टुमा अध्ययनरत छन् । तिवारीको पेशा–व्यवसाय खुलेको छैन ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Threat/intimidation |
Primary Cause | Other types of criminal activity |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance