Incident Reports

घरेलु हिंसाका आरोपितबिरूद्ध उजुरी दर्ता

2021-03-18

Karnali, Rukum West, Aathbiskot, Ward 9

आठवीसकोट नगरपालिका –९ जालदैनकी २६ वर्षीया अनिता आग्रीले २९ वर्षिय पति उदय आग्रीबिरूद्ध घरेलु हिंसा गरेको भन्दै ०७७ चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । पतिले आफूलाई सँधै कुटपिट गर्ने गरेको र पछिल्लो पटक चैत ५ गते फलामको रड र बीयरको बोतलले शरिरका विभिन्न भागमा मरनासन्न हुनेगरी कुटपिट गरेपछि ८ दिनसम्म थला परेको पीडितले दुःखेसो पोख्नुभयो ।

कुटपिटबाट घाइते भएपछि ८ दिनसम्म छिमेकीले हेरचाह गरेको र ९ दिनपछि कानुनी उपचारको लागि आफन्तको सहयोगमा सदरमुकाम खलङ्गगा आएकी अनिता अझै सम्म हिड्न नसक्ने बताउनुहुन्छ ।

स्वाभिमान लघुबित्त संस्था खजुरा बाँकेमा कार्यरत पतिले चैत ५ गते घर आएर बिना कारण आफूलाई कुटपिट गरी दुईजना छोराबाट समेत अलग गराउँदा आफू धेरै पीडामा रहेको अनिताको गुनासो छ ।

स्वास्थ्य उपचार र कानुनी सहयोग गरिदिन भन्दै चैत १३ गते इन्सेकमा निवेदन दिएपछि इन्सेक प्रतिनिधिकै पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।

उजुरीपछि आरोपितलाई छलफलमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कपिल शाहीको भनाई छ ।पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा भएको अस्पतालका डाक्टर राजकुमार भुजेलले जानकारी दिनुभयो ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments