Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-24

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय सुषन न्यौपाने र घटनामा सहयोग गरेको आरोपमा सोही स्थान का २६ वर्षीय तुल बहादुर महतो र ३० वर्षीय सतिस महतोलाई  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरुले चैत ११ गते मध्यविन्दु–४ मा रहेको अम्रेला ब्रिज होटलमा लगी नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरुविरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर बिशाल तामाङले बताउनुभयो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेर अनुसन्धान थालेको  उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भयो ।

तिर्थराज डुम्रे 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments