Incident Reports

बलात्कारका आरोपितमाथि सार्वजनिक मुद्दा l

2014-06-28

Madhes, Saptari, Surunga

Manohar Kumar Pokharel सप्तरी । ०७१ असार १४ गते बलात्कारबाट पीडित एक २० वर्षीया महिलाले आरोपित मधुपट्टी गाविस-३ का २६ वर्षीय देवकुमार सदालाई जोगाउन गाउँलेहरूले मिलापत्रको दबाब दिएको र प्रहरीले संरक्षण गरिरहेको आरोप लगाएकी छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरी दर्ता नगरी स्वास्थ्य परीक्षण समेत नगराई दिएपछि असार १४ गते स्वास्थ्य जाँचका लागि आफन्तसहित राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल आएकी पीडितले सो आरोप लगाएकी हुन् । घरमा एक्लै सुतिरहेका बेला मार्ने धम्की दिँदै आरोपितले असार १० गते राति बलात्कार गरेको पीडितले बताइन् । स्थानीयवासीले सदालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार ११ गते बुझाएका थिए । गाउँलेहरूले मिलापत्रको पहल गरिरहेको सुनिएको तर आफूहरूले मिलापत्रका लागि कुनै दबाब नदिएको इन्स्पेक्टर विजय यादवले बताए । इन्स्पेक्टर यादवले गिरफ्तार आरोपितमाथि केही सार्वजनिक अपराध ऐनअन्तर्गत असार १२ गते मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइसकेको जानकारी दिए । पीडितकी आमाको मृत्यु भएसकेको र बुबा रोजगारीको सिलसिलामा भारतमा छन् । यसै बीच, एक ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ओद्राहा गाविस-७ का ४० वर्षीय गणेशी साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरेको छ । पीडितको उजुरीका आधारमा उजुरी दर्ता गरी राजविराजस्थित अञ्चल अस्पतालमा असार १३ गते पीडितको स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर दीपककुमार कार्कीले जानकारी दिए । पीडितका पति मजदुरीका लागि बाहिर गएको बेला असार ११ गते खैनी खाने बहानामा घर आएका आरोपितले पीडितलाई बलात्कार प्रयास गरेका थिए । पीडितले हो-हल्ला गरेपछि घटनास्थलमा जुटेका गाउँलेहरूले आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गर्न थालेपछि आरोपित फरार भएको स्थानीयवासीले बताए । इलाका प्रहरी कार्यालयले असार १४ गते पीडितको बयान लिई आरोपितको खोजी कार्य तिव्रताका साथ गरिरहेको जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis