Incident Reports

महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

2021-03-31

Madhes, Mahottari, Aurahi, Ward 4

महोत्तरीमा अज्ञात समूहले गोली प्रहारबाट एक जना घाइते भएका छन्।जिल्लाको औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा बर्दिवास नगरपालिका -१ का रोशन कोईराला घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

आचार्यका अनुसार गोली बुधबार बेलुका ७.३० बजे चलेको हो। अज्ञात समूहले चलाएको गोली लागि घाइते भएका रोशनको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भईरहेको छ।गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भई रहेको एसपी आचार्यले सेतोपाटीलाई जानकारी दिए।


Update

महोत्तरीमा गोली प्रहार घटनाका अभियुक्त पक्राउ

२६ चैत, जनकपुरधाम । महोत्तरीमा चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका–३ का ३० बर्षीय सन्तोष यादव पक्राउ परेका छन् ।

औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो ।

यादवलाई विशेष सूचनाको आधारमा जलेश्वर नगरपालिका–१ बाट पक्राउ गरिएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

यादवलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको सूचना अधिकारी मिश्रले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports