Incident Reports

घाँस काट्न जाँदा हराएका सात बालिका अभियन्ता सरोज रायकाे पहलमा भारतमा फेला

2021-04-01

Madhes, Mahottari, Bhangaha

जनकपुरधाम ।

महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु फेला परेका छन् ।बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।

मंगलवार सबैजना घाँस काट्न गएका थिए तर अबेर राती सम्म घर नफर्किँदा खोजीकार्य तिव्र पारिएको थियो । रातीसम्म परिवारजनको साथमा प्रहरी समेत मिलेर खोजविन गरेका थिए तर फेला परेका थिनन् ।भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्टमार्फत सातै बालिकालाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिएका छन् ।बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । भारतीय प्रहरीका अनुसार ती बालिकाहरु गायिका बन्न भारत गएकाे भन्ने बुझिएकाे रायले बताए । तर राय यस कुरामा सहमत छैनन् । उनी गायक बनाउने नाममा बालिका लगेर बेच्ने वा अन्य कुनै नियत हुन सक्ने आशंका व्यक्त गर्छन् ।

उनीहरुसँग अन्य पनि काेही थिए कि थिएनन् भन्नेबारे एकिन भएकाे छैन । हिजो राती नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई यस घटनाबारे अवगत गराएका थिए ।रायको अनुसार फेला परेको बालिकामा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।

National/Online Media

0 Comments