Incident Reports

नेपालमा पढिरहेका म्यानमारी विद्यार्थीले गरे दूतावासअगाडि प्रदर्शन

2021-04-01

Bagmati, Lalitpur, Lalitpur, Ward 25

म्यानमारमा भएको सैन्य कू र नागरिकमाथि भएको दमनको विरोधमा म्यानमारबाट नेपाल आएर अध्ययन गरिरहेका विद्यार्थीले नेपालस्थित म्यानमारको दूतावास पुगेर विरोध गरेका छन्।करिब ६० जना म्यानमारी विद्यार्थी नेपालका विभिन्न स्कुल, कलेज र संगीत पाठशालामा अध्ययन गरिरहेका छन्। म्यानमारबाट नेपाल आउने अधिकांश विद्यार्थी नेपाली मूलका बर्मेलीका सन्तान हुन्।

प्रदर्शन गर्न दूतावास पुगेका विद्यार्थी डाक्टर म्यो थानले म्यानमारमा भइरहेको हत्याको विरोधमा संसारभरबाट आवाज उठाउनु पर्ने बताए। उनले त्यहाँ सैनिक सरकार भए पनि जननिर्वाचित सरकारले पनि समानान्तर काम गरिरहेको बताए। 

‘मैले नेपालस्थित बर्माका राजदूतलाई कमिटी रिप्रिजेन्टिङ द पिदंशु लुटो (सिपिआरएच) भनिने जननिर्वाचित संसदले बनाएको सरकारका मातहतमा काम गर्न अनुरोध गरेको छु। सैनिक सरकारलाई मान्यता दिन आवश्यक छैन,’ डाक्टर म्यो थानले भने।

विद्यार्थीहरूले म्यानमारको दूतावासका प्रतिनिधिलाई विरोध पत्र पनि बुझाएका छन्। राष्ट्रसंघका लागि म्यानमारका प्रतिनिधि, बेलायतका लागि म्यानमारका राजदूतसहित कतिपय म्यानमारी प्रतिनिधिले सैनिक सरकारको विरोध गर्दै म्यानमारमा प्रजातन्त्र  पुनर्बहालीका लागि आ-आफ्नो ठाउँबाट आवाज उठाएका छन्।

बर्मामा जारी नागरिक अवज्ञा आन्दोलनमा सहभागी हुन पनि डाक्टर थानले राजदूत र दूतावासका अन्य कर्मचारीलाई अनुरोध गरे।

गत माघ १९ मा म्यानमारको सेनाले निर्वाचनबाट आएको लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। सैन्य कूको विरोध गर्दै हालसम्म भएको नागरिक आन्दोलनमा सेनाले गरेको दमनबाट ५ सयभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। दुई हजार सात सयभन्दा बढी नागरिक सैनिक हिरासतमा छन्।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments