Incident Reports

अपहरण घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

2021-03-22

Madhes, Dhanusha, Chhireshwornath, Ward 4

क्षीरेश्वरनाथ नपा–४ की १८ वर्षीया रञ्जिता कुमारीलाई अपहरण गरेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा चैत १६ गते दिएको किटानी उजुरी दर्ता नगरेको पीडित परिवारको आरोप छ ।

रञ्जिता महरालाई चैत ९ गतेदेखि सोही ठाउँका २५ वर्षीय मोहम्मद कलम हुसैन राइनले अपहरण गरी बन्धक बनाई राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दिएको किटानी उजुरी दर्ता नगरेको पीडित युवतीको काका रामएकवाल महराले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

छिमेकी कमल हुसैन विवाहित भएपनि भतिजीलाई पटकपटक प्रेम प्रस्ताव राख्दै आएको र बालिकाले नमानेपछि उनलाई चैत ९ गतेदेखि अपहरण गरी शरीर बन्धक बनाएर बेचबिखन गर्न भारततर्फ लगेको हुन सक्ने आशङ्का रामएकवालले गर्नु भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको र भतिजीको अवस्था अज्ञात भएकाले इन्सेक धनुषा प्रतिनिधिलाई भेटेर न्यायको लागि पहल गरिदिन रामएकवालले आग्रह गर्नु भएको छ ।

चैत १२ गते आरोपित कमल हुसैनका २३ वर्षीय भाइ जलालुद्दीन राइनले कुटपिट गरेको पीडित रामएकवालले बताउनु भयो ।

आफूहरू दलित गरिब एवम् कमजोर भएकै कारण बारम्बार हुसैनका घरपरिवारका सदस्यहरूले आक्रमण गर्दै आएको पीडित रामएकवालले आरोप लगाउनु भयो ।

रञ्जितालाई भारतमा लगेर बेचबिखन गर्न लागेको भन्दै आफ्नो घरमै आएर जलाउदीन राइनले धम्की दिएको पीडित रामएकवालले दिएको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले प्रहरीमा किटानी उजुरी आएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामै पीडित पक्षले दिएको उजुरी अध्ययनका लागि इलाका प्रहरी कार्यालय धनुषामा पठाएको बताउँदै डिएसपी मिश्रले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments