Incident Reports

फुपाजुद्वारा भदैनी बलात्कार

2021-03-29

Province 1, Jhapa, Birtamod

बिर्तामोड। आफ्नो संरक्षणमा रहेकी नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ परेका छन् ।

पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पीडकलाई पक्राउ गरेको हो । विगत तीनवर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

लामो समयदेखि यौन हिंसाको शिकार भइरहेकी बालिकाले चैत १६ गते आफन्तलाई घटनाबारे सुनाएकी थिइन् । उनले घटनाका बारेमा जानकारी गराएपछि उनका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरीपछि प्रहरीले आरोपितलाई बुधबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । पीडित बालिका र पीडक फुपाजु भदैनी नाता पर्छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments