Incident Reports

यातायात मजदुरबीच झडप हुँदा एक जनाको मृत्यु,दुई गम्भीर घाइते

2021-04-03

Karnali, Jajarkot, Barekot, Ward 2

जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरहरुको दुई समूहबीच झडपहुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो । झडप पश्चात् रावलको शव बारेकोटकै देउलस्थित खोलामा आज दिउँसो फेला परेको थियो । झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल गम्भीर घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 2
National/Online Media

0 Comments

Related Reports