Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2021-03-29

Madhes, Siraha, Lahan, Ward 21

१९ वर्षीया युवतीलाई लहान नपा–२१ का २५ वर्षीय कमलेश साहले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय लहानले चैत २१ गते दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत १६ गते बलात्कार प्रयास गरेको र गाउँमै घटना मिलाउन खोज्दा घटना नमिलेपछि इलाका प्रहरी कार्यालय लहानमा चैत २० गते उजुरी दिएको पीडित युवतीकी आमाले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद अस्पताल लहानमा चैत २० गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले आरोपित फरार रहेकोले खोजतलास जारी राखिएको बताउनु भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments