Incident Reports

भक्तपुरमा पानी तान्ने मेसिन चोरेको भन्दै कुटपिट गरी हत्या, चार पक्राउ

2021-04-03

Bagmati, Bhaktapur, Changunarayan, Ward 2

भक्तपुरमा पानी तान्ने मेसिन चोरेको आरोपमा कुटपिट गरी एक पुरूषको हत्या भएको छ।

प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

शनिबार राति साढे ११ बजे चाँगुनारायण नगरपालिका-२ बर्खेपाटीस्थित पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। सो व्यक्ति काभ्रे कुसादेवी बस्ने कृष्ण गुरूङ भएको बताएको थियो। तर उनले आफ्नो नाम ठेगाना प्रष्टसँग प्रहरीलाई बताउन नसकेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए। 

स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई फोन गरेका थिए। प्रहरीले स्थानीयलाई चोरी गर्ने व्यक्तिमाथि कुटपिट नगर्नू भन्ने जानकारी दिएको थियो। 

खबरपछि महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको टोली पुग्दा ती पुरूषको नाकबाट रगत बगेको अवस्था भएको डिएसपी गिरीले बताए।

उनका अनुसार मृतकले मादक पदार्थसमेत सेवन गरेका थिए। उनले च्याउ खेती लगाउन बनाएको सानो पानी जम्मा हुने पोखरीको मोटर तान्दै गर्दा स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट भएको डिएसपी गिरीले बताए। 

उनलाई उपचारको लागि प्रहरीले भक्तपुर अस्पतालमा पठाएको थियो। आइतबार दिउँसो साढे दुई बजे उनको उपचारकै क्रममा मृत्यु भएको थियो। चिकित्सकका अनुसार उनको दिमागमा रक्तश्राव हुँदा मृत्यु भएको हो। 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चाँगनारायण-२ का ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नविन कोजु, भक्तपुर नगर-७ का ३७ वर्षीय विनोद लाखा र दोलखा घर भइ चाँगुनारायण-२ बस्ने ३८ वर्षीय कमल खत्रीलाई नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

त्यस्तै, मृतकको पहिचान नखुलेको तथा आफन्तहरू सम्पर्कमा नआउँदा चिन्नेले प्रहरीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments

Related Reports