Incident Reports

बलात्कार घटनाका आरोपितबिरूद्ध उजुरी दर्ता

2021-03-06

२७ वर्षीया महिलालाई ०७७ फागुन २१ गते बलात्कार गर्ने ४९ वर्षीय ससुराबिरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते उजुरी दर्ता गरेको छ ।

फरार आरोपितको खोजी र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

दुई वर्ष पहिले बलात्कार गरेको समयमा पतिलाई जानकारी गराउँदा पतिले आरोपितलाई कुटपिट गरेको  पीडितले इन्सेक प्रतिनिधिसँग बताउनुभयो । ‘यस पटक सासुलाई जानकारी गराएँ तर टोल छिमेकले थाहा पाउने गरी हल्ला गरेर घरको इज्जत गयो भनेर पति र ससुराले फागुन २१ गते राति नाङ्गै घर निकाला गरे’ पीडित महिलाले भन्नुभयो ।

पीडित हाल एक वर्षको छोरी सहित कैलालीको टीकापुर नगरपालिका–१ एकता नगरस्थित माइतीघरमा शरण लिएर बसेकी छिन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २२ गते दैलेख अस्पतालमा भएको डाक्टर जिना सापकोटाले बताउनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments