Incident Reports

चुनाव सार्न माग गर्दै उदयपुर पत्रकार महासंघ कार्यालयमा तालाबन्दी

2021-04-05

उदयपुर : पत्रकार महासंघ शाखा कार्यालय उदयपुरमा निर्वाचनको मिति सार्न माग गर्दै पत्रकारहरूले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन्।

यही चैत्र २५ गते देश भर एकसाथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो।

निर्वाचन समितिकै संयोजक बद्री प्रसाद काफ्ले स्वयंले निर्वाचनको मर्यादाविपरीत कुनै अमुक संगठनको समीकरणमा हस्ताक्षर गरी महासंघभित्रको राजनीतिक प्रक्रियामा संलग्न भएको भन्दै संयोजक काफ्लेलाई निर्वाचन अधिकृतबाट हटाएर हिजो गरेको मनोनयन दर्ता सबै बदर गर्दै वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई निर्वाचन अधिकृतको जिम्मा लगाइएको थियो।

चेम्जोङ नेतृत्वको निर्वाचन समितिले तोकिएकै मिति निर्वाचन गराउन एकै दिन नामावली प्रकाशन, मनोनयन दर्ता र उमेदवारको दाबी–विरोध फिर्ता गर्ने गरी तालिका सार्वजनिक गरेपछि विरोध सुरु भएको हो।

समय नपुगेको भन्दै ५ दिन समय थप गर्न माग

अनिश्चितकालका ताला लगाएको विज्ञप्तिमा भनिएको छ। केन्द्र प्रदेशमा प्रेस युनियन र प्रेस संगठनबीच तालमेल भए पनि उदयपुरमा भने प्रेस युनियन र प्रेस चौतारीबीच तालमेल भएको छ।

प्रेस विज्ञप्तिमा प्रेस संगठनका केन्द्रीय सदस्य हरि कुमार राई,यदु ढकाल, प्रेस संगठन उदयपुरका इन्चार्ज तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी, क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ संयोजक मधुकर थापा, स्वतन्त्र पत्रकार राजेन्द्र राईले संयुक्त हस्ताक्षर गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments