Incident Reports

कर्मचारीलाई दुर्व्यवहार गरिएको विरोधमा कामकाज बन्द

2021-04-02

Gandaki, Tanahun, Bhanu

भानु नगरपालिकामा कार्यरत कर्मचारी भानु नगरपालिका बस्ने ४५ वर्षीय होमबहादुर भण्डारी र नगर प्रहरी २५ वर्षीय मिलन रानामगरलाई दुर्व्यवहार गरिएको विरोधमा नगरपालिकाका कर्मचारीहरुले ०७७ चैत २२ गतेदेखि सम्पुर्ण कामकाज बन्द गरेका छन् । कर्मचारीहरुले चैत २२ गते प्रेस विज्ञप्ति प्रकाशित गरी चैत २० गते जनप्रतिनिधिको नेतृत्व र उक्साहटमा केही व्यक्तिहरुले उनीहरुलाई दुव्र्यहवार गरेको भन्दै सो को विरोधमा कामकाज बन्द गर्ने घोषणा गरेका हुन् ।

गत चैत २० गते नगरपालिकाको साविक कार्यालय फुस्रेटारबाट नगरपालिकाको हालको नयाँ कार्यालय भन्सारमा केही टेबुल र कुर्सी लैजाने क्रममा भानु नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर खड्काको नेतृत्वमा आएको एक समूहले पीडितहरुलाई चोरीको आरोप लगाउदै दुव्र्यहवार गरेको र प्रहरी बोलाइ हुल हुज्जत गरेको उनीहरुले आरोप लगाएका छन् ।

नीजि नम्बर प्लेटको सवारी साधनबाट नगरपालिकाको कार्यालय भन्सारमा केही थान टेबुल र कुर्सी लैजान खोज्दा वडाध्यक्षको नेतृत्वमा केही स्थानीयवासीहरु आएर पीडितहरुलाई दुर्व्यवहार गरेको भानु नगरपालिका कर्मचारी युनियनका अध्यक्ष शंकर रानाभाटले बताउनुभयो ।

कार्यालय प्रमुखको निर्देशन अनुसार काम गर्दा कर्मचारीलाई दुर्व्यवहार गरी चोरीको आरोप लगाउने र प्रहरीको जिम्मा लगाउने कार्यले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मान प्रतिष्ठामा आघात पुगेको र कर्मचारीको अपमान भएको भन्दै उक्त घटनाप्रति दोषीहरुले माफी नमागेसम्म र कर्मचारीको सुरक्षाको प्रत्याभुती नभएसम्म नगरपालिकाको कामकाज बन्द गर्ने रानाभाटले बताउनुभयो ।

नगरपालिकाका शाखा अधिकृत कृपाहरी लौडारीले कर्मचारीहरुलाई गरिएको दुर्व्यवहार प्रति दोषी पक्षले माफी माग्नुपर्ने र कर्मचारीको सुरक्षाको प्रत्याभुती हुनुपर्ने बताउनुभयो ।

यसैगरी नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले चैत २२ गते प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यालयको कर्तव्य पालन गर्ने सिलसिलामा कर्मचारीमाथी जनप्रतिनिधिकै नेतृत्वमा गरिएको दुर्व्यवहारको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्न पनि सङ्गठनले माग गरेको छ ।

उक्त घटनामा संलग्न भएको आरोप लागेका वडा नम्बर २ का अध्यक्ष खड्कासँग यस बारेमा प्रतिक्रिया लिन पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports