Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-10

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय सौतेलो बाबुलाई प्रहरीले चैत २२ गते गिरफ्तार गरेको छ ।अपाङ्गता भएकी पीडित बालिकालाई ०७७ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन २७ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा आरोपितविरुद्ध उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका एसपी प्रज्वल महर्जनले बताउनु भयो ।एसपी महर्जनका अनुसार विगत तीन वर्षदेखि विभिन्न डरधम्की दिई पटक/पटक बलात्कार गर्दै आएका ती सौतेलो बाबुले पछिल्लो पटक फागुन २६ गते बलात्कार गरेको भनि उजुरी प्राप्त भएका आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।

चैत २३ गते ललितपुर जिल्ला अदालतबाट आरोपितमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी परिसर जाउलाखेलले जनाएको छ ।पीडित बालिकाको चैत २२ गते पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जानकारी दिएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments