Incident Reports

महिलाको हत्या अभियोगमा एक जना पक्राउ

2021-04-04

रामेछापको दोरम्बा गाउँपालिका-६ घर भएकी पूर्णकला भन्‍ने पूजा दमाईको हत्यामा संलग्‍न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्‍ने रोशन भन्‍ने २२ वर्षीय विजय तामाङलाई सोमबार राति जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो।

बनेपा नगरपालिकास्थित सडकमा आइतबार बिहान पूजा दमाई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्‍न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित कोठाबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले आफूलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी पूजालाई बसपार्कको सडक पेटीमा कन्चट, छातीलगायत शरीरका विभिन्‍न संवेदनशील अङ्‍गहरुमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments