Incident Reports

बालिका मृत फेला

2021-04-03

Karnali, Mugu, Soru

२६ चैत्र २०७७, बिहीबार

मुगु, (नेस) ।

जिल्लाको उत्तरी सोरुगाउँपालिका–९ की एक बालिका हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत शनिबारदेखि बेपत्ता भएकी ९ वर्षीया लक्ष्मी चौलागाईं कर्णाली नदीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी सोही गाउँपालिका–८ तारापानीबाट हराएको जानकारी प्रहरीलाई गराइएको थियो । प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरेकी बालिका माछा मार्न गएका स्थानीयले कर्णालीको घाट भन्ने स्थानमा मृत अवस्थामा फेला पारेका हुन् ।सोरु गाउँपालिका–९ स्थायी ठेगाना भएकी चौलागाईंको घर–परिवार केही समयदेखि तारापानीमा बस्दै आएका छन् । बालिकाको घरदेखि ५ सय मिटर टाढा माछा मार्न गएका स्थानीयले कर्णाली नदीको बीच भागको ढुंगामा अड्किएको अवस्थामा फेला पारेको मृतककी आमा बेलकली चौलागाईंले बताउनुभयो ।

शव भेटिएको स्थानभन्दा केही मिटरमाथि आधा खाएको चाउचाउको प्याकेट र सिंगो अर्को प्याकेटसमेत भेटिएको छ । उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाईफकाई घरबाट टाढा लगेर कुनै अनैतिक क्रियाकलाप गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने स्थानीय लालभक्त चौलागाईं बताउनुहुन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments