Incident Reports

नोबेलमा भ्याकुमले तानेर शिशुको टाउकोमा प्वाल, लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा

2021-04-08

Province 1, Morang, Biratnagar

विराटनगर / विराटनगरको नोबेल मेडिकल टिचिङ हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएका छन् । बिहीबार मध्याह्न डेलिभरीपछि आइसियुमा राखेर उपचार भइरहेको अवस्थामा शिशुको मृत्यु भएपछि आफन्तले हिजोदेखि नै नाराबारी जारी राखेका छन् ।

आज अस्पतालको ओपिडी सेवा बन्द गर्ने चेतावनीसहित आफन्त प्रदर्शनमा उत्रिएका हुन् । नोबेलकै प्रसूति विभागका चिकित्सकहरूले सुनसरीको इटहरी–१ आँपगाछीकी २६ वर्षीया सरीता श्रेष्ठको चैत २२ गतेको डेलिभरी डेट तय गरेका थिए ।

फोनमार्फत परामर्श लिँदा नोबेलका डाक्टरहरूले २४ गते भर्ना हुन भनेका थिए । डाक्टरकै सुझावअनुसार उनका पति मनिष प्रधान र आफन्तले सरीतालाई सामान्य रूपमा नै २४ गते नै नोबेल भर्ना गरेका थिए । अस्पताल भर्ना भएको भोलिपल्ट साँझ साढे पाँच बजेबाट डाक्टर सीता घिमिरेको टिमले भ्याकुमको सहायतामा सरीताको डेलिभरी गर्ने प्रक्रिया सुरु गरेको थियो ।

तर लगातार प्रयास जारी राख्दा पनि बच्चा जन्मिन सकेन । त्यसपछि आफन्तले यो विधिबाट नभए शल्यक्रिया नै गरौँ भन्ने निधो गरेर डाक्टरसँग सल्लाह लियो । ‘हामीले डाक्टरलाई भ्याकुमले भएन अब नर्मल हुन नसकेपछि शल्यक्रिया गरौँ भनेर सल्लाह लिएका थियौँ’, मनिषका बुबा टीकारामले भने, ‘तर उहाँहरूले भ्याकुमले नै नर्मल हुन्छ भन्दै प्रयास गर्नुभयो । पाँच पटकको प्रयासमा बच्चा त जन्मियो । तर टाउकोमा प्वाल परेछ ।’

२६ गते बिहान साढे ११ बजेतिर बच्चा जन्मिएको थियो । आमालगायत आफन्तको इच्छाविपरीता भ्याकुमले तान्दा शिशुको टाउकोमा प्वाल परेको थियो । र, सबै रगत सोहोरिएका कारण बच्चालाई आइसियुमा राख्न लगियो ।

तर आधा घण्टापछि डाक्टरले बच्चाको मृत्यु भइसकेको जनाएपछि आफन्त उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएको हो । बच्चा निकाल्दा टाउकोमा र छातीमा बाहिरै देखिनेगरी गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए ।

बिहीबार मध्याह्नदेखि नै प्रदर्शनमा उत्रिएको बताउँदै टीकारामले आज ओपिडी सेवा नै बन्द गर्नेगरी प्रदर्शन गर्न लागेको बताए । सरीताका ससूरा टीकाराम भन्छन्, ‘पहिलेको सबै रिपोर्ट नर्मल थियो । डाक्टरले नर्मल नै हुन्छ भनेका कारण ढुक्क थियौँ । तर सिकारुको फेला परेका कारण शिशुको मृत्यु भएको हो । हिजोदेखि नाराबाजी गरिरहेका छौँ । आज पनि गाउँका केही मानिस भेला गरेर प्रदर्शन गर्छौँ ।’

यता, नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले आफू कार्यालयबाहिर रहेका यसबारेमा जानकारी नपाएको बताए । कार्यालय पुगेपछि यसबारे जानकारी लिने उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments