Incident Reports

बलात्कार प्रयासका आरोपितलाई पाँच वर्षकैद l

2014-07-02

Karnali, Mugu, Chhayanath Rara

Jeevan Sejuwal मुगु । ०७१ असार १८ गते एक १५ वर्षीया बालिकालाई बलात्कार प्रयासका आरोपित कार्कीवडा गाविस-६ का ३५ वर्षीय कृपराम बुढालाई जिल्ला अदालत मुगुले पाँच वर्षकैद सुनाएको छ । बालिका रजस्वला भएको समयमा वैशाख १३ गते राति छिमेकीको घरको गाई गोठमा सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेका थिए । घटना सम्बन्धमा पीडितले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते जाहेरी दिएपछि जिल्ला अदालत मुगुले असार १७ गते सो फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरि शर्मा पंगेनीको इजालसले आरोपितलाई पाँच वर्षकैद र पीडितको इच्छा अनुसार पीडकको पुरै अंशको एक भाग वा नगद ७५ हजार क्षतिपुर्ति दिनुपर्ने फैसला भएको जिल्ला अदालतका रजिष्टार हेमराज तिमिल्सिनाले जानकारी दिए । पीडितको जाहेरी अनुसार आरोपित जेठ ७ गते पुर्पक्षको लागि जिल्ला कारागारमा चलान गरेको भए पनि जिल्ला कारागारमा कैदीलाई राख्ने ब्यवस्था नहुँदा जेठ १९ गते जुम्ला जिल्ला कारागारमा पठाइएको थियो । जीवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis