Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-07

Bagmati, Nuwakot, Bidur

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ ।

घरमा कोही नभएको समयमा चैत २५ गते दिउँसो पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर ललिता ढकालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते त्रिशुली अस्पतालमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments