Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2020-10-31

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।घटना लगत्तै आरोपित फरार भएको र पीडित पक्षको उजुरीका आधारमा आरोपितको खोजी थालिएको डिएसपी मल्लले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २७ गते गरिएको छ ।बालिकाको स्वास्थ्य परीक्षण गर्दा सात महिनाको गर्भ रहेको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।स्वास्थ्य परीक्षणपछि मात्र पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएको डिएसपी मल्लले बताउनु भएको छ ।

भविन कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments