Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-04-10

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमा कोही नभएको बेला डरत्रास देखाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी आरोपितविरुद्ध जिल्ला अदालत कास्कीमा जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments