Incident Reports

शिक्षकलाई कुटपिट गरेको आरोपमा अभिभावक गिरफ्तार

2021-04-09

Madhes, Rautahat, Brindaban, Ward 4

बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका अभिभावक ४५ वर्षीय प्रेम रायलाई सोही दिन गिरफ्तार गरेको छ ।

चैत २६ गते नियमित कक्षा सञ्चालनको क्रममा होहल्ला गरेको भन्दै शिक्षक यादवले सम्झाइबुझाइ गरेको तर सोही कुरालाई लिएर शिक्षक यादवलाई बिहान विद्यालय जाँदै गर्दा बाटो ढुकेर कक्षा नौ मा अध्ययनरत एक विद्यार्थीका अभिभावक रायले लट्ठीले कुटपिट गरेका पीडितको आरोप छ ।

शिक्षक यादवको चन्द्रनिगाहपुरस्थित जनता सामुदायिक अस्पतालमा उपचार गरिएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखी घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रवि रावले बताउनु भयो ।

नौ विद्यार्थी निष्काशित

यसैबिच सो विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई अबरोध गरी उत्श्रृङखल कार्यमा संलग्न रहेको आरोपमा नौ जना विद्यार्थीलाई निष्काशन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताउनु भयो ।

निष्काशन भएका विद्यार्थीहरूमा कक्षा नौ का १७ वर्षीय चार जना, १६ वर्षीय दुई जना, १८ वर्षीय दुई जना र कक्षा सातका १४ वर्षीय एक जनालाई निष्काशन गरेको विव्यस अध्यक्ष साहले बताउनु भयो ।

चैत २९ गते बसेको विद्यालय व्यवस्थापन समिति, अभिभावक, बुद्धिजिवी लगायतको सहभागितामा सम्पन्न बैठकले शिक्षकलाई कुटपिट गरेको आरोप लागेका प्रेम रायलाई थप कानुनी कारवाही गर्ने र नौ जना विद्यार्थीहरुलाई निष्काशन गर्ने निर्णय गरेको स्थानीय रामकल्याण यादवले बताउनु भयो ।

कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports