Incident Reports

आरोपीलाई बचाउन खोजेको भन्दै प्रदर्शन

2021-04-11

Province 1, Sunsari, Itahari

इटहरी —

टिपरले किचेर मारेको घटनाका दोषी जोगाउन खोजेको भन्दै पीडित पक्षले सोमबार प्रदर्शन गरेका छन् । इटहरी–१ आँपगाछीको गंगामार्गका स्थानीय ७२ वर्षीय कर्णबहादुर गुरुङलाई आइतबार दिउँसो धरान जाँदै गरेको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सुरुमा गुरुङको टिपरले दायाँ खुट्टामा ठक्कर दिएको थियो । घाइते गुरुङले हात हल्लाएर गुहार मागे पनि चालकले तीन पटकसम्म टिपर पछाडि सारेर किचेको प्रत्यक्षदर्शीको दाबी छ । भारतीय सेनाबाट सेवा निवृत्त गुरुङको सनाखत उनको मोबाइल र परिचयपत्रका आधारमा भएको थियो । उक्त घटनालाई सामान्य दुर्घटनाका रूपमा मुचुल्का उठाएर प्रहरीले चालकलाई बचाउन खोजेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय इटहरी अगाडि टायर बालेर प्रदर्शन गरे ।

सवारी ज्यान मुद्दा चलाउनुपर्ने घटनालाई प्रहरीले सामान्यीकरण गरेको गुनासो कर्णबहादुरका नाति ओमप्रकाशले गरे । ‘टिपरले ब्याक गरेर नियतवश मारेको हो, हत्यारालाई जेल सजाय हुनुपर्छ भनी मुचुल्कामा लेख्न माग गरेका थियौं’ उनले भने । घटनाको नौ घण्टापछि राति साढे १२ बजेमात्र प्रहरीले मुचुल्का तयार गरेको उनले बताए । शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले मंगलबार चालक पक्ष र पीडित पक्षलाई छलफलका लागि बोलाएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments