Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-11

Sudurpashchim, Achham, Panchadewal Binayak, Ward 8

३२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सदस्य पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ४० वर्षीय पदमबहादुर विकलाई चैत ३० गते गिरफ्तार गरेको छ ।

दैलेख जिल्लाको राखमबाट उपचार गरेर घर फर्कने क्रममा चैत २९ गते बेलुकी ज्वानेपानीमा बलात्कार गरेकोले घटना लगत्तै प्रहरी चौकी, बारलामा मौखिक जानकारी गराएको र चैत २९ गते जिल्ला प्रहरी कार्यालय, अछाममा किटानी जाहेरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

घटनाका सम्बन्धमा पीडित पक्षले चैत २९ गते प्रहरीलाई मौखिक जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी तुल्क्षीराम अर्यालले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ३१ गते जिल्ला अस्पताल, मंगलसेनमा गरिएको प्रहरीले जनायो ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments