2021-04-13
पोखरा न्यूज ।
नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।
लिखु गाउँपालिका–५ बाट गएका करीब २५ जनाको समूहमा रहेका व्यक्तिले चौकीमा ढुङ्गा प्रहार गर्दा दुई प्रहरीको टाउकामा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहानसम्म ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ । ट्रकले ठक्कर दिएका ती दुई यात्री सामान्य घाइते रहेका छन् भने ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Secondary Form | Vandalism |
Weapons | Other |
Primary Cause | Extra-judicial response to traffic accidents |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Mob (only Perpetrator) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Police |
Actor 2 - Youth | na |
Total Injured | 2 |
Total damaged Buildings | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance