Incident Reports

खैरहनीमा नेविसंघको विवादले भित्रेपात्रो लोकार्पण कार्यक्रममा तोडफोड

2021-04-14

Bagmati, Chitawan, Khairahani

खैरहनी : नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ खैरहनीमा देखिएको विवादले उग्ररुप लिएको छ । नेविसंघमा देखिएको विवादका कारण नेपाली कांग्रेस खैरहनी नगर कमिटीले नयाँ वर्ष २०७८ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा तोडफोड गरिएको छ ।

विवाद बढ्दै गएपछि असन्तुष्ट समूहले नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा तोडफोड गर्नुका साथै कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतका व्यक्तित्वहरुलाई कालो झण्डा देखाएका छन् ।

कार्यक्रममा आसन ग्रहणको कार्यक्रमसँगै हलभित्र प्रवेश गरेका युवाहरुको उग्र जमातले कार्यक्रम स्थलमा तोडफोड गर्नुका साथै कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ र नगर सभापति शशि खनियाँविरुद्ध नारावाजीसमेत गरेका थिए ।

उक्त समूहले नेविसंघ जिन्दावाद, गुटबन्दी बन्द गरलगायतका नारा लगाउँदै चर्को असन्तुष्टि पोखेका थिए । स्मरणीय त के छ भने चैत १२ गते खैरहनीमा नेविसंघका दुईवटा समानन्तर कमिटी गठन गरिएको थियो ।

चैत १२ गते एकैदिनमा अमृत आचार्यको नेतृत्व र शेखर बस्नेत (सुरज) नेतृत्वमा छुट्टाछुट्टै दुईवटा नगर समिति गठन गरिएको थियो ।

आचार्यको नेतृत्व रहेको समिति गठनमा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिव रमेश पराजुली र बस्नेत नेतृत्वको समिति गठनमा नेपाली कांग्रेसका खैरहनी नगर सभापति शशि खनियाँ प्रमुख अतिथि रहेका थिए ।

दुईवटा समिति गठन हुँदै गर्दा पनि त्यसलाई मिलाउन नेतृत्वले कुनै पहल कदमी नगरेको भन्दै पार्टी तथा नेविसंघभित्र विवाद सिर्जना हुँदै आएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments