Incident Reports

किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

2021-04-14

Bagmati, Kathmandu, Nagarjun, Ward 6

२ वैशाख, काठमाडौं

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments